भियन । पश्चिमी अस्ट्रियाको लेच-जुएर्स फ्री स्कीइङ क्षेत्रमा आइतवार भएको हिमपहिरोमा झण्डै १० जना पयर्टक पुरिएको अस्ट्रियन प्रेस एजेन्सी (एपीए)ले रिपोर्ट गरेको छ । हिपहिरोमा पुरिएकामध्ये एक व्यक्तिलाई उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् ।
‘एकजनाको सफलतापूर्वक उद्धार भएको छ भने अरुलाई खोज्ने प्रयास जारी छ’ प्रहरीले भनेको छ । हिमपहिरो स्थानीय समयअनुसार क्रिसमसको दिन दिउँसो ३ बजे गएको थियो । लगत्तै खोजी टोली र विभिन्न हेलिकप्टरहरू तैनाथ गरिएको थियो ।
‘फसेकाहरूलाई बचाउनको लागि सक्दो प्रयास गरिरहेका छौं’ लेचको नगरपालिकाले भन्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच