अस्ट्रियामा हिमपहिरो: १० जना पयर्टक पुरिए

हिमालय टाइम्स
Read Time = 1 min

भियन । पश्चिमी अस्ट्रियाको लेच-जुएर्स फ्री स्कीइङ क्षेत्रमा आइतवार भएको हिमपहिरोमा झण्डै १० जना पयर्टक पुरिएको अस्ट्रियन प्रेस एजेन्सी (एपीए)ले रिपोर्ट गरेको छ । हिपहिरोमा पुरिएकामध्ये एक व्यक्तिलाई उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् ।

‘एकजनाको सफलतापूर्वक उद्धार भएको छ भने अरुलाई खोज्ने प्रयास जारी छ’ प्रहरीले भनेको छ  । हिमपहिरो स्थानीय समयअनुसार क्रिसमसको दिन दिउँसो ३  बजे गएको थियो । लगत्तै खोजी टोली र विभिन्न हेलिकप्टरहरू तैनाथ गरिएको थियो ।

‘फसेकाहरूलाई बचाउनको लागि सक्दो प्रयास गरिरहेका छौं’ लेचको नगरपालिकाले भन्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?