मधेश प्रदेश सांसदहरूको १५ पुसमा शपथग्रहण

हिमालय टाइम्स
Read Time = 2 mins

पुरन साह/हिटा
जनकपुरधाम । मधेश प्रदेशसभाका लागि निर्वाचित प्रदेशसभा सदस्यहरूको शुक्रबार शपथग्रहण हुने भएको छ । सोमबार प्रदेशसभा सचिवालयमा बसेको सर्वपक्षीय बैठकमा पुस १५ गते शुक्रवार २ बजे १०७ जना प्रदेशसभा सदस्यहरूले शपथग्रहण गर्ने सहमति जुटेको छ ।

सर्वप्रथम ज्येष्ठ प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपानेलाई मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले शपथग्रहण गराउने र त्यसपछि ज्येष्ठ सदस्य न्यौपानेले बाँकी १०६ जना सदस्यहरूलाई शपथग्रहण गराउने कार्यक्रम छ । सर्वपक्षीय बैठकमा सहभागी विभिन्न राजनीतिक दलका सांसदहरूले आ-आफ्नो पार्टीले मधेश सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताउनुभयो । मधेश प्रदेश सरकारमा जसपा र जनमतको मुख्य दाबी देखिएको छ ।

एमालेका सांसदहरू भने दलीय सहमतिका आधारमा आफूहरू अगाडि बढ्ने बताउँदै पार्टीको निर्णय आउन बाँकी रहेको बताउँछन् । प्रतिपक्षी कांग्रेस र लोसपाले संघीय सरकारको गठबन्धनअनुसार नै प्रदेशमा सरकार बन्ने भएकाले आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको जानकारी गराए । मधेशमा प्रदेश सरकार निर्माणका लागि ५४ सांसदको आवश्यकता रहेकोमा एमालेको २३, जसपा १५, जनमत १३, माओवादी आठ गरी कुल ६८ सांसद पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?