टेक तामाङको ‘तिमी सागर’ सार्वजनिक

Read Time = 1 min

काठमाडौं । गीतकार टेक तामाङको नयाँ गीत ‘तिमी सागर’ सार्वजनिक भएको छ । कन्काइष्ट राईको संगीत, रामकृष्ण ढकाल र मेलिना राईको स्वर, शाहस शाक्यको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जनक सिंहले निर्देशन गरेको गीतको भिडियोमा सनम कठायत र ऋचा थापाको अभिनय छ । दीपक गिरीको छायांकन, विकास दाहालको सम्पादन रहेको गीतको भिडियो एभरेष्ट ग्यालरीको व्यानरमा निर्माण भएको हो । भिडियोलाई टेक तामाङ अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गीतकार तामाङका यसअघि ‘नजिक भएर पनि’, ‘तिमीलाई माया गर्छु’, ‘आमा’, ‘जीवनसाथी’, ‘माया गरेर हेर’, ‘मै खुकुरी अघिसरी’ ‘तिमी सागर’ जस्ता आधुनिक, राष्ट्रिय र सेलो गरी ४५० भन्दा बढी गीत रेकर्डिङ र प्रकाशन भइसकेका छन् । तामाङ नेपाल प्रहरी सेवाको डिआइजी पदमा कार्यरत हुनुहुन्छ भने गीतसंगीतको क्षेत्रमा पनि आफूलाई सक्रिय राख्दै आउनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?