हिमाली भेगमा हिमपात, तराईमा हुस्सु-कुहिरो, काठमाडौंमा वर्षकै बढी चिसो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका हिमाली भेगमा आज हिमपातको सम्भावना रहेको छ । तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। प्रदेश १ को हिमाली भू-भागमा पछिल्ला दिनहरूमा निरन्तर हिमपातको सम्भावना रहेको छ ।

हिमपात र हुस्सुका कारण दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभावको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

यसैबीच, काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम देखिएको छ। मंगलबार भन्दा आज चिसो धेरै छ । उपत्यकाको न्यूनतम तापक्रम आज एक डिग्री सेल्सियसले घटेको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानको तापक्रम ३.४ डिग्री सेल्सियस छ। हिजो मंगलबार साँझ ५ः४५ बजेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?