प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारी निवास बालुवाटार प्रवेश गर्नुभएको छ। आज साँझ खुमलटारबाट उहाँ बालुवाटार जानुभएको हो ।

उहाँले यसअघि बालुवाटारमा आफ्नो लागि भन्दै कुनै भड्किला सामान नकिन्न समेत निर्देशन दिनुभएको थियो ।

यस अघि भोलि मात्र प्रधानमन्त्री सर्ने तयारी भइरहेको प्रचण्डका प्रेस सल्लाहकार सूर्य किरणले जानकारी दिनुभएको थियो ।

तर, आज बालुवाटारका ज्योतिष टिकाराम घिमिरेको साइतअनुसार साँझ ५ बजे प्रवेश गर्ने भनिए पनि करिब एक घण्टा ढिलो उहाँ प्रवेश गर्नुभयो । उहाँ साँझ ६:२० मा बालुवाटार सर्नुभएको हो ।

आइतबार प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले सोमबार अपराह्न राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथग्रहण गर्नुभएको थियो।

माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्ड तेस्रो पटक देशको ४४ औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएको । उहाँ यसअघि २०६५ र २०७३ सालमा मा ९–९ महिना प्रधानमन्त्री बन्नुभएको थियो ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा आजै विहानमात्र बालुवाटारबाट धुम्बाराही भाडाको घरमा सर्नुभएको थियो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?