तारकेश्वरबाट नक्कली नोटसहित एक जना पक्राउ, नक्कली नोट बरामद

Read Time = 1 min

काठमाडौं । प्रहरीले तारकेश्वरबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका-५ का ४९ वर्षीय पप्पु भन्‍ने शेख निसम अख्तर रहेका छन् ।

उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नोटसहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट एक हजार दरका ४ वटा नक्कली नोट बरामद गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?