म्याग्दी । मुस्ताङसँग यातायातमार्फत काठमाडौँलगायत देशका विभिन्न ठाउँसँग जोड्ने एउटै मार्ग बेनी–जोमसोम सडकखण्डको बेगखोलामा पक्की पुल निर्माणको काम तीब्र रुपमा भइरहेको छ ।
जोमसोम–कोरला सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगखोलामा मोटरेबल पुल निर्माणको कामले तिव्रता पाएको हो । पुल नहुँदा तीर्थयात्री, पर्यटक, उत्तरी म्याग्दी र मुस्ताङका स्थानीयवासी जोखिम लिएर यात्रा गर्न बाध्य थिए ।
सडक विभाग मार्फत योजनाको ठेक्का लिएका निर्माण व्यवसायीले निर्धारित समय भन्दा अगावै योजना सम्पन्न गर्नेगरी निर्माण कार्यलाई गति दिएका हुन् ।
२०७३ साल भदौ १७ गतेको बाढीले बेगखोलामा रहेमो बेलिव्रिज र झोलुङ्गे पुल सहित बस्तीनै बगाएको थियो । खोलामा पक्की पुल नहुँदा म्याग्दीको उत्तरी भेगका स्थानीय र मुस्ताङको भ्रमणमा आउने पर्यटक,तिर्थयात्री र सर्वसाधारणहरुले वर्षातका समयमा आउने बाढीका कारण विगत ६ वर्ष देखिे सास्ती भोग्दै आएका थिए ।
बेगखोखोलामा सडक विभाग अन्तर्गत रहेको पुल महाशाखा काठमाण्डौले ७० मिटर लामो र ११ मिटर चौढाई भएको डबल स्पामको पुल निर्माण गर्न लागेको हो । विभागसँग बीओकेआई–हिमालयन जेभीलेसँग भ्याटसहित ८ करोड ३० लाख रुपैयाँमा २०७८ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता लगत्तै ठेकेदार कम्पनी कार्यक्षेत्रमा खटिएर निर्माणमा जुटेको थियो ।
पुल निर्माणका लागि सम्झौता गरेको निर्माण कम्पनीले उल्लेख्य मात्रामा मजदुर र उपकरण परिचालन गरेर निर्माण कार्यलाई तिव्रता दिएको छ । योजनाको अनुगमन र सुपरिवेक्षणको जिम्मा पाएको पुल सेक्टर पोखराका इन्जिनियर आशीक रिजालले तोकिएको समयभित्र पुल निर्माण सम्पन्न गर्न कार्यालयका तर्फबाट नियमित रुपमा निर्माण कम्पनीलाई ताकेता गरिएको बताउनु भयो ।
निर्माण कम्पनीले उपकरणसहित मजदुर जुटाएर पुल निर्माणलाई गति दिएको पाइएको उहाँले जानकारी दिनुभयो । वर्षातका समयमा बेगखोलामा पुल नहुँदा सर्वसाधारणहरुले निकै सास्ती र दुःख भोगेका कारण पुल समयमै सम्पन्न गर्न कार्यालयले प्राथमिकताका साथ काम गरेको उहाँको भनाइ छ ।
अहिलेसम्म करिब ४५ प्रतिशत भौतिक प्रगति भएको छ । पुलको जग बसाल्ने,वारीपारीका दुईवटा र बीचको गरी तिनवटा पिल्लर उठाइसकिएको इन्जिनियर रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार अवको एकहप्ता भित्र पिल्लरमाथि क्याब निर्माण गरिनेछ । चालु आर्थिक वर्षभित्रै पुलको मुख्य संरचना निर्माण सक्नेगरी काम अगाडि बढाइएको इन्जिनियर रिजालले जानकारी दिनुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच