माघमा ‘आँधी तुफान-२’

Read Time = 2 mins

काठमाडौं । चलचित्र ‘आँधी तुफान २’ आगामी माघ २७ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई सिक्रेट मिशनमा रहेका तीन महिला पात्रको कथामाथि निर्माण भएको चलचित्र ‘आँधी तुफान २’ आगामी माघ २७ गतेबाट देशभर प्रदर्शनमा आउने जानकारी निर्माता तथा लेखक मौनता श्रेष्ठले दिनुभएको हो । वितरक कम्पनी आरआर फिल्मससँग छलफल गर्दै यो मितिमा चलचित्र प्रदर्शन गर्ने सहमति भएको उहाँले बताउनुभयो ।

चलचित्रमा सञ्जित भण्डारी, आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ, रवि गिरी, पुस्कर राउत, विन्दिया ठकुरी, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, रूपा केसी, ऋचा थापा, चक्र राई, सञ्जय खतिवडा, कनिज कोइरालालगायतको अभिनय छ ।

मदन घिमिरे निर्देशित चलचित्रमा छायांकन रामशरण उप्रती, नृत्य कमल राई र अभि वाग्ले, संगीत सुरेश अधिकारी र विक्रम थापा, शब्द रचना हरि उपे्रती र दीपेन्द्र खड्काको छ भने विनुसा राई र अर्जुन लिम्बुको स्वर छ । प्रेम चुल्ठेको द्वन्द्व निर्देशन रहेको चलचित्रमा मन्दिल श्रेष्ठको सम्पादन छ ।

२०६३ सालमा निर्माण भएको महेन्द्र बुढाथोकी निर्देशित चलचित्र ‘आँधी तुफान’ सुपरहिट भएको थियो । पुजना प्रधान, ऋचा घिमिरे, रञ्जु लामिछाने, विक्रान्त बस्नेत, राजेश ढुंगाना मुख्य भूमिकामा हुनुहुन्थ्यो । दोस्रो शृंखलामा भने निर्देशक र कलाकार दोहोरिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?