सिनेमाघरमा ‘डिसेम्बर फल्स’

Read Time = 1 min

काठमाडौं । आजदेखि देशभरका सिनेमाघरमा चलचित्र ‘डिसेम्बर फल्स’ प्रदर्शनमा आएको छ । प्रवीण झाको निर्देशन रहेको यो चलचित्रमा अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका छ । लभस्टोरी र एक्सन जनरामा निर्माण भएको चलचित्रको ट्रेलर, गीत र टिजरले दर्शकहरूबाट राम्रै प्रतिक्रिया पाएको छ ।

चलचित्रमा आर्यन र उपासनाका साथमा सलोन बस्नेत, शिवहरि पौड्याल, नागेन्द्र रिजाल, नरेश भट्टराई, शिशिर राणालगायतको अभिनय छ । विपिका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा एवं संवाद रहेको चलचित्रमा रामप्रसाद रिजाल प्रस्तुतकर्ता एवं निर्माता हुनुहुन्छ ।

राजकुमार भट्ट पनि निर्माता रहेको चलचित्रमा लक्ष्मण रिजाल र असिम काफ्ले कार्यकारी निर्माता रहनुभएको छ । महेश आर गुप्ताको छायांकन रहेको यस चलचित्रलाई बनिष शाहले सम्पादन गर्नुभएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?