जसपा केन्द्रिय कार्यकारिणी समितिको बैठक जारी, सरकारमा सहभागीबारे छलफल

Read Time = 1 min

काठमाडौं । केहीबेर अघि सुरु भएको जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक जारी छ ।

शनिवार बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बसेकाे हो ।

बैठकमा गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुनेछ । साथै मधेस प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ ।

संघीय सरकारलाई समर्थन गरेपनि पार्टी सरकारमा सहभागी भएको छैन । तर आजको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ । पुस १८ र १९ गतेका लागि जसपा नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?