तनहुँ । तनहुँको बदीपुरमा बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ ।
शनिबार अपरान्ह पृथ्वीराजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको प्र.नं. ३–०१–००६ ख ०९२४ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५५४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक शेख महमद रखिम मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बसले ठक्कर दिएलगत्तै दमौली अस्पताल पुर्याइएको मियाको उपचारका क्रममा मृत्यु भएको हो ।
बस चालक सिन्धुली गोलञ्जोर गाउँपालिका ४ का ३३ वर्षीय चुक्तबहादुर ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच