काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ । नेप्से परिसूचकमा आज १७.२६ अंक वृद्धि हुँदा सेयर बजार २०४६.२९ विन्दुमा पुगेको छ । आज ०.८८ प्रतिशतले सेयर बजार बढेको हो ।
साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज नविल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दुर सञ्चार कम्पनीको १९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।
सृजनसिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । साथै खप्तड लघुवित्त, धाैलागिरि लघुवित्तको ९.९९ प्रतिशत र अजोड बिमा प्रभु बिमाको ९.९८ प्रतिशतले मूल्य वृद्धि भएको छ।
कुल १२१ कम्पनीकाे सेयर उकलो लागेको छ भने ८७ कम्पनीकाे मूल्य ओरालो लागेको छ । जम्मा चार कम्पनी स्थिर रहेका छन् ।
आज विकास बैंक र फाइनान्सबाहेक सबै उपसुचकमा हरियाली छाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच