गण्डकीको टोली घोषणा

हिमालय टाइम्स
Read Time = 5 mins

पोखरा । अर्काे सातादेखि काठमाडौंमा सुरु हुने सातौँ संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपका लागि गण्डकी प्रदेश भलिबल संघले महिलातर्फको टोली घोषणा गरेको छ । गण्डकीले नेपाल महिला राष्ट्रिय भलिबल टोलीका कप्तानसमेत रहनुभएकी अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको हो । जसमा तीन भारतीय खेलाडीसमेत रहेका छन् ।

गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नवीनकुमार गुरुङका अनुसार भारतबाट एटी अल्फोन्सा, इपी शनिसा र केएस सार्गालाई टोलीमा राखिएको हो । विदेशी खेलाडीको आगमनसँगै टोली बलियो बनेको उहाँले प्रतिक्रिया दिनुभयो । उहाँहरूसँगै टोलीमा कप्तान अरुणा शाही, काजोल छन्त्याल, ममता डगौरा, शस्मी पुन, मनिषा तिलिजा, सोइङ थापा, रेविना घर्ती, एलिशा रोक्का मगर र रस्विना गुरुङ रहनुभएको थियो ।

यसअघि गण्डकीले पुरुषतर्फको टोली घोषणा गरिसकेको छ । अलराउण्डरमा हरि पाण्डे र सञ्जय परियार, ओपन स्पाइकरमा घनश्याम चौधरी, रवि केसी, सन्तोष थापा मगर र किरण गुरौ, मिडल ब्लकरमा हिमाल सुनारी, दीपक मल्ल ठकुरी र इन्द्र विक, सेटरमा सुजन चोखाल र मिन सुनार र लिवेरोमा राजन दर्लामी मगर रहनुभएको छ ।

सातौँ संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पुस २४ बाट माघ १ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्ड हलमा हुँदैछ । च्याम्पियनसिपमा हालसम्म पुरुषतर्फ १५ र महिलामा आठ टोलीको सहभागिता पक्का भइसकेको संघले जनाइसकेको छ ।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब, नयाँ बजार सामाजिक युवा क्लब, दावाली मिलन क्लब, गल्कोट स्पोर्ट्स क्लब बागलुङ, मणिमुकुन्द भलिबल क्लब बुटबल, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, बागमती प्रदेश, बुढानीलकण्ठ भलिबल क्लब, गण्डकी प्रदेश, सैलुङ बाघढुंगा स्पोर्ट्स क्लब रामेछाप र सुदूरपश्चिम प्रदेश गरी १५ टोलीको सहभागिता पक्का भइसकेको छ ।

त्यस्तै, महिलातर्फ एपिएफ क्लब, पुलिस, आर्मी, न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, जावलाखेल भलिबल ट्रेनिङ सेन्टर, गण्डकी प्रदेश, ढोरपाटन स्पोटर््स क्लब र एभरेष्ट भलिबल क्लब बुटवल गरी आठ टिमको सहभागिता रहनेछ । लिगकम नकआउटका आधारमा हुने यस च्याम्पियनसिपबाट पुरुषतर्फ शीर्ष आठ र महिलातर्फ शीर्ष ६ टोलीले सातौँ आरबिबी एनभिए लिगमा प्रवेश पाउनेछन् ।

च्याम्पियनसिपको पुरुष र महिला दुवैतर्फको च्याम्पियनले समान चार लाख रुपैयाँ र शिल्ड हात पार्नेछन् । दोस्रो हुनेले दुई लाख र तेस्रो हुने टोलीले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् । च्याम्पियनसिपको सर्वाेत्कृष्ट खेलाडीले २५ हजार र हरेक विधा (स्पाइकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षक) ले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?