रामकृष्ण ढकालको स्वरमा ‘दिन ढल्यो’

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । रामकृष्ण ढकालको स्वरमा रहेको गीत ‘दिन ढल्यो’ सार्वजनिक भएको छ । हिमान्सु रायमाझीको शब्द, राम सिटौलाको संगीत र विश्व अधिकारीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

दिलिप समनको निर्देशन रहेको गीतको भिडियोमा प्रज्वलजंग कार्की, अनिमा विश्वकर्मा, रितेश ढकाललाई फिचरिङ गरिएको छ । मिलन शंकरको छायाँकन रहेको भिडियोमा फराज अर्पणको सम्पादन एवं कलर छ । भिडियोलाई समीप इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?