टेबलटेनिस आजदेखि

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित बृहत् खेलकुद महोत्सवअन्तर्गत जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ११ स्पर्धामा प्रतिस्पर्धा हुने ज्याकी महर्जनले जनाउनुभएको छ । पुरुष÷महिला खुला सिंगल्स, ब्वाइज/गल्र्स यू-१२ र यू-१६ सिंगल्स, भेट्रान पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र भेट्रान महिला ३५ वर्षमाथि स्पर्धामा खेल हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका खेलाडीको छुट्टै पुरुष सिंगल्स ‘बी’ मा पनि प्रतिस्पर्धा हुनेछ ।

मुख्य प्रायोजकमा सुमन खड्गी, प्रायोजकमा नदिमरत्न शाक्य, मेटल सापर्स र सम्झना ल्याबोरेटरी प्रालि, सह-प्रायोजकमा पूर्णशंकर श्रेष्ठ, खेल सामग्री पार्टनर डिएचएस तथा पोशाक पार्टनरमा लिनिङ रहेका छन् ।

प्रतियोगिताका लागि आयोजक ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन र प्रतियोगिता संयोजक राजेन्द्र कपालीले आइतबार सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । पाँचदिने प्रतियोगिताका खेलहरू सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराँते हलमा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?