कोशी प्रदेशसभा बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

बिराटनगर । कोशी प्रदेशसभाको बैठक आज बस्दै छ । आजको बैठकमा बजेट प्रतिस्थापन विधेयक प्रस्तुत हुनेछ ।

तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशबाट ल्याएको बजेट प्रतिस्थापन गर्न उद्धव थापा नेतृत्वको सरकारले प्रतिस्थापन विधेयक ल्याउने भएको हो ।

तत्कालीन मुख्यमन्त्री कार्कीले अल्पमतमा परेका बेला प्रदेशसभाको अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याएका थिए ।

आजको प्रदेशसभा बैठकमा सभामुख बाबुराम गौतमले दिएको राजीनामाबारे जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् बिस्तारसम्बन्धी पत्र वाचन हुने कार्यसूची छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?