मुम्बई । बलिउडमा कसको ‘प्याचअप’ र कसको ‘ब्रेकअप’ कति बेला हुन्छ थाह हुँदैन । यस्तैमा अर्को एक जोडिको ब्रेकअप भएको छ । ब्रेकअप भएको पछिल्लो जोडी हो, बलिउड अभिनेत्री तारा सुतारिया र उहाँका प्रेमी आदर जेन । तारा र आदरले आफ्नो सम्बन्धका बारेमा कहिल्यै मुख खोल्नुभएन, तर पनि दुवैजना कयौं कार्यक्रममासँगै देखिनुहुन्थ्यो ।
सामाजिक सञ्जालमा पनि एकअर्काको तस्वीर आइरहँदा अहिले भने दुवै अलग्गिएको खबर सार्वजनिक भएको छ । समाचार अनुसार दुवैले आपसी सहमतिमा अलग हुने निर्णय लिनुभएको हो ।
ब्रेकअपपछि एक मिल्ने साथीका रूपमा भने सम्बन्ध कायमै राखेको दुवै जनाले बताउनुभएको छ । यसपटक कपुर परिवारले आयोजना गरेको क्रिसमस पार्टीमा तारा नदेखिएपछि आदरसँगको सम्बन्धका बारेमा अड्कलबाजी गरिएको थियो । किनकि यसअघिका हरेक कपुर परिवारका कार्यक्रममा उहाँको उपस्थिति अनिवार्य झैं हुन्थ्यो ।
रणवीर कपुरको कजिन आदरको तारासँग पहिलो भेट सन् २०१८ मा दिवाली पार्टीमा भएको थियो । यो भेटपछि उहाँहरूको सम्बन्ध प्रगाढ हुँदै गयो । प्रायः सामाजिक सञ्जालमा उहाँहरूसँगैको तस्वीर शेयर गरिरहनुहुन्थ्यो । तर, अब भने उहाँहरूको सम्बन्धमा ब्रेक लागेको छ ।
‘स्टुडेन्ट अफ दि इयर २’ बाट बलिउडमा डेब्यु गर्नुभएकी ताराले ‘मरजावाँ’, ‘एक भिलेन रिटन्र्स’लगायतका चलचित्रमा अभिनय गर्नुभएको छ भने आदरले चलचित्र ‘कैदी बन्दी’बाट डेब्यु गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच