तथ्यांकबारेको डिजिटल पुस्तक

Read Time = 1 min

काठमाडौं । राष्ट्रिय योजना आयोगले प्रमुख आर्थिक सूचकको प्रयोग विधि नामक डिजिटल पुस्तक सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमबीच सार्वजनिक पुस्तक योजना आयोगको अग्रसरतामा राष्ट्रिय तथ्यांक कार्यालय, विकासका लागि तथ्यांक कार्यक्रम, द एसिया फाउण्डेशन र नेपाल इन डाटाले संयुक्तरूपमा तयार पारेका हुन् ।

आयोगका सचिव केवलप्रसाद भण्डारीले सही तथ्यांक प्राप्ति र त्यसको विश्लेषणमा ठूलो खाडल महसुसपछि डिजिटल पुस्तक प्रकाशनमा ल्याइएको बताउनुभयो । तथ्यांक प्रस्तुति कसरी गर्ने भनेर स्पष्ट पार्न पुस्तक ल्याइएको उहाँको भनाइ छ ।

सो अवसरमा राष्ट्रिय तथ्यांक कार्यालयका सहसचिव नेबिललाल श्रेष्ठले आर्थिक क्षेत्रसँग जोडिएका हरेक तथ्यांकको परिभाषासहितको एकीकृत जानकारी पाउने पुस्तक तयार पारिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?