सुदूरपश्चिम काँग्रेस संसदीय दलको नेतामा शाह सर्वसम्मत

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीयल दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन हुनु भएको छ ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट प्रत्यक्ष निर्वाचित शाहलाई बुधबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो।

यसअघि आधा दर्जन आकांक्षी देखिएपछि चुनाव हुने तय भएको थियो।

तर, आकांक्षीहरू बिच सहमति भएपछि संसदीय दलको नेतामा शाह सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री एवं प्रदेश सभा सदस्य मेघराज खड्काले बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?