पोखरा । संकटा फुटबल क्लबले २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा स्थान बनाएको छ । पोखरा रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा साबिक विजेता एपिएफ क्लबलाई चार-एक गोल अन्तरले हराउँदै संकटा उपाधि नजिक पुगेको हो । संकटालाई जित दिलाउन स्टेफन विनोङ र मेसुके ओलोमोउले दुई-दुई गोल गर्नुभयो । एपिएफका हरि कार्कीले एक गोल फर्काउनुभयो ।
खेलको पाँचौँ मिनेटमा स्टेफनले गोल गर्दै संकटालाई सुरुवाती अग्रता दिलाउनुभयो । मेसुकेले ४३औँ मिनेटमा गोल गर्दै संकटाको अग्रता दोब्बर बनाउनुभयो । खेलको ६१औँ मिनेटमा स्टेफनले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाका लागि तेस्रो गोल गर्नुभएको थियो ।
७४औँ मिनेटमा हरिले गोल गर्दै एपिएफलाई तीन-एकको स्थितिमा ल्याउनुभयो । खेलको ८६औँ मिनेटमा मेसुकेले व्यक्तिगत दोस्रो गोल गर्दै संकटालाई चार-एकको जित दिलाउनुभयो । अब संकटाले उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र भुटनिज युथ सकर क्लबबीचको विजेतासँग खेल्नेछ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर