लुम्बिनीमा सरकार गठनका लागि २७ पुससम्म बहुमत लिएर आउन आह्वान

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आह्वान गर्नु भएको छ । प्रमुख शेरचनले मुख्यमन्त्री पदमा दाबी गर्न पुस २७ गते सम्म को समय दिनुभएको छ।

प्रदेश प्रमुख अमिक शेरचनले पुस २७ गते बुधबार बेलुका ४ बजेभित्र दाबी पेस गर्न आह्वान गर्नु भएको हो । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठन गर्नका लागि बिहीबार आह्वान भएको हो ।

कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने व्यक्तिको नेतृत्वमा सरकार गठन व्यवस्था रहेको छ ।

लुम्बिनीमा प्रदेश सभा सदस्यको संख्य ८७ रहेको छ । माओवादी र एमाले मिलेर सरकार गठन गर्ने तयारी रहेको छ । यद्यपि, केन्द्रमा भएको सहमति बाहिर आइसकेको छैन । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले विज्ञप्ति जारी गर्दै कुनै दलको स्पष्ट वहुमत नआएकाले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलहरुले वहुमत सदस्यको हस्ताक्षर सहित पुस २७ गते ४ बजेभित्र दावी पेश गर्न प्रदेश प्रमुखबाट आह्वान भएको जानकारी गराउनु भएको छ ।

लुम्बिनीमा केन्द्रको सत्ता गठबन्धनमा रहेका दलहरुको स्पष्ट वहुमत छ । ८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा वहुमतका लागि ४४ सांसद आवश्यक पर्नेमा सत्ता गठबन्धनमा रहेका दलहरुसंग सरकार गठनका लागि ५२ सांसद छन् । स्वतन्त्रबाट जितेका रोल्पाका दिपेन्द्र पुन पनि माओवादीमा प्रवेश गरेकाले ५३ सांसद पुगेका छन् । यहां नेकपा एमालेका २९, माओवादी केन्द्रका १०,राप्रपा र नागरिक उन्मुक्तिका ४ –४, जसपा र जनमतका ३–३ सांसद छन् । विपक्षमा रहेका कांग्रेसका २७, लोसपाका ३,राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ जना र स्वतन्त्र २ जना छन् । सरकारको मुख्यमन्त्रीमा एमालेका तर्फबाट लिला गिरी र माओबादीका तर्फबाट जोगबहादुर महराले दाबी गर्नु भएको छ तर केन्द्रिय निर्णय अनुसार कस्को भागमा मुख्यमन्त्री पर्ने भन्ने अझै निर्णय भएको छैन ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?