जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । जुम्लाको तिला गाउँपालिका – ३ स्थित त्रिवेणीमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सो पालिकाको रारालिहीबाट जुम्ला सदरमुकाम खलँगाबजार आउँदै गरेको क.१ स. ११ नम्वरको अटो दिउँसो २ बजेतिर तिला नदीमा खस्दा जिल्लाको तातोपानी गाउँपालिका – १ बाइराँकाका २९ वर्षिया पुरन सार्की र तिला – ३ का २१ वर्षिया आकाश थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

पुरन सार्कीको घटना स्थलमै मृत्यु भएको थियाे भने आकाश थापाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिनुभयो ।

दुर्घटनामा परेको अटो तिला-३ श्रीवेणीमा कर्णाली राजमार्गबाट १५ मिटर तल तिला नदीमा खसेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?