स्थानीय पालिकालाई उत्पादनमूलक काममा लाग्न सांसद राजु थापाको सुझाव

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 3 mins

स्याङ्जा । जिल्ला समन्वय समिति स्याङ्जाको आठौं जिल्लासभा बिहिबार सम्पन्न भएको छ । आज सम्पन्न जिल्ला सभाले विभिन्न प्रतिवेदन समेत पारित गरेको छ ।

जिल्ला सभाको उदघाटन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य राजु थापाले जिल्लाका सबै पालिकाले उत्पादनका क्षेत्र पहिल्याएर सोही अनुसार उत्पादनमूलक गतिविधिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

स्याङ्जाका पालिकाहरुले उत्पादनका सम्भावना खोज्न सके आत्मनिर्भरताको स्थिति बन्ने भएकाले एक पालिका एक उत्पादनको मान्यता अगाडि बढाउन थापाले सुझाव दिनुभयो । उहाँले कृषि र पर्यटनलाई जोड दिँदै उद्यमशीलताको विकासमा समेत ध्यान पु¥याउनुपर्ने धारणा राख्नुभयो । उहाँले स्याङ्जाको विकासका लागि सिद्धार्थ राजमार्ग बिस्तारमा सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा स्याङ्जा जिल्लाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले स्थानीय पालिकाहरुले उत्पादनमूलक सम्भावनाका क्षेत्रहरु पहिल्याएर कृषि, पर्यटन र लघु उद्यममा जोड दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यहरु क्रमश भोजराज अर्याल, महेश भट्टराई, कल्पना तिवारी, पंचराम गुरुङ लगायतले समग्र जिल्लाको विकासमा एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा भीरकोट नगर प्रमुख गोविन्दप्रसाद कर्माचार्य, वालिङ् नगरप्रमुख कृष्ण खाँण, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, फेदीखोला अध्यक्ष घनश्याम सुवेदी, बिरुवा गाउँपालिका अध्यक्ष सूर्यवबहादुर कुँवर, आँधीखोला गाउँपालिका उपाध्यक्ष सीता थापा लगायतले आ आफना क्षेत्रगत विकास तथा आगामी योजनाका बारेमा जानकारी गराउनुभयो ।

जिसस प्रमुख श्रीप्रसाद जिटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख खडगराज सुवेदी स्वागत एवं जिल्ला समन्वय अधिकारी ऋषिराम आचार्यले सञ्चालन गर्नुभएको थियो ।

आजै भएको बन्द सत्रमा प्रमुख जिटीले बार्षिक एवं आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?