सिटीद्वारा चेल्सी पराजित

Read Time = 2 mins

लण्डन । इंग्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको म्यानचेस्टर सिटीले लन्डन क्लब चेल्सीलाई १-० गोलअन्तरले पराजित गरेको छ । सिटीको जितमा दोस्रो हाफमा रियाद महारेजले गरेको गोल नै निर्णायक बन्यो । महारेजले ६३औं मिनेटमा ज्याक ग्रेलिसको पासमा गोल गर्नुभएको थियो । यो सिजन खराव लयमा रहेको चेल्सीको यो छैटौं हार हो । चेल्सीले १७ खेल खेल्दा सात जित, चार बराबरी र ६ हारको नतिजा निकालेको छ ।

यस जितले दोस्रो स्थानमा रहेको सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दूरी पाँचमा छोट्याएको छ । सिटीको १७ खेलबाट ३९ अंक तथा शीर्षस्थानको आर्सनलको समान खेलबाटै ४४ अंक छ । चेल्सी १७ खेलबाट २५ अंक जोडेर १०औं स्थानमा छ । चेल्सी शीर्ष चारको म्यानचेस्टर युनाइटेडसँग १० अंकले पछि छ । त्यसअघि भएको खेलमा टोटेनहम हट्सपरले क्रिस्टल प्यालेसमाथि ४–० को सानदार जित हात पारेको छ ।

टोटेनहमको जितमा केनले दुई तथा माट दोहर्थी र हृयुङ मिन सनले समान एक–एक गोल गर्नुभयो । ४८औं मिनेटमा केनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाउनुभयो । ५३औं मिनेटमा ब्रायन गिलको पासमा केनले दोस्रो गोल गर्नुभयो । ६८औं मिनेटमा माट दोहर्थीले तेस्रो र ७२औं मिनेटमा दक्षिण कोरियाली फरवार्ड हृयुङ मिन सनले तेस्रो गोल गर्नुभएको थियो । यस जितसँगै टोटेनहम १८ खेलबाट ३३ अंक जोडेर पाँचौं स्थानमा यथावत् रहेको छ । टोटेनहमले चौथो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी दुईमा छोट्याएको छ । एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?