उपेन्द्र यादवद्वारा प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिनुभएकाे छ ।

सिंहदरवारस्थित एक कार्यक्रमका बिचमा अध्यक्ष यादवलाई सभामुख देबराज घिमिरेले पद तथा गोपनियताको सपथ खुवाउनुभएकाे हाे ।

गत बैशाख १० गते भएको उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि बारा-२ वाट यादव निर्वाचित हुनुभएकाे थियाे ।

सो उपनिर्वाचनवाट निर्वाचित अन्य दुई सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यस अघि नै सपथ लिईसक्नु भएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?