काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले बोलेका कुरा इमानदारिताका साथ पूरा गर्ने बताउनु भएको छ ।
आफू नागरिकको सेवा र सहजताका लागि काम गर्न गृहमन्त्रीको जिम्मेवारीमा आएको भन्दै शुक्रबार सामाजिक सञ्जालमा लामिछानेले यस्तो लेख्नुभएको हो ।
गर्नै पर्ने काम पनि गर्छु भन्नू पर्ने दिनको अन्त्य गर्न काम गर्ने छु। अहिलेकालागि विनम्रता पुर्वक निम्न जानकारी दिन चाहन्छु भन्दै उहाँले लेख्नुभएको छ, 'नागरिकलाई सुरक्षित महुशुस हुने वातावरण निर्माण गर्ने निकाय हो गृह प्रशासन। म यसको नेतृत्वमा रहँदा, म मात्र उच्च सुरक्षा घेरामा हिँडडुल गरेर नागरिकको अपेक्षा पूरा हुँदैन। म मेरोभन्दा पनि नागरिकको सेवा र सहजताका लागि काम गर्न यो जिम्मेवारीमा आएको हुँ। म आफूले बोलेका कुरा इमानदारिताका साथ पूरा गर्नेछु।'
उपप्रधानमन्त्री तथा गृहमन्त्री नियुक्त भएलगत्तै आफ्नो सुरक्षामा खटिने प्रहरी निरीक्षकको नेतृत्वलाई घटाएर प्रहरी नायब निरीक्षक ९सई० को नेतृत्व सुरक्षाकर्मी राखेको पनि उहाँले जानकारी दिनुभएको छ ।
गर्नै पर्ने काम पनि गर्छु भन्नू पर्ने दिनको अन्त्य गर्न काम गर्ने छु। अहिलेकालागि विनम्रता पुर्वक निम्न जानकारी दिन चाहन्छु। pic.twitter.com/O63Zt3gx4O
— Rabi Lamichhane (@hamrorabi) January 6, 2023
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच