सिन्धुलीमा सुविधायुक्त बसपार्क निर्माण

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 4 mins

सिन्धुली । सिन्धुलीमा आधुनिक बसपार्क निर्माण भएको छ । कमलामाई नगरपालिका-९ भिमानमा सुरक्षित र सुविधायुक्त बसपार्क निर्माण भएको हो ।

निर्माणधिन बसपार्कको काम सम्पन्न भएर संचालनमा आउने क्रममा रहेकोे सहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्धुलीका प्रमुख दुर्गा प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

‘बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेका छ । सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर फागुनसम्ममा कमलामाई नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी गरिहेका छौँ,’ उहाँले भन्नुभयो ।

बागमती प्रदेशको सहयोगमा आर्थिक बर्ष २०७७/०७८ मा ठेक्का प्रक्रिया मार्फत बसपार्कको निर्माण कार्य अगाडी बढाइएको थियो । बसर्पाकभित्र बस टर्मिनल, बस रोकेर राख्ने ह्यांगर, यात्रु प्रतिक्षालय, टिकट काउन्टरसहितको तीन तलाको कार्यालय भवन, विश्वकर्मा बाबाको मन्दिर, सवारीसाधन मर्मत गर्ने ठाउँ र शौचालय निर्माण भइसकेको छ । एक सय ५० वटा सवारीसाधन अटाउन सक्ने क्षमताको बसपार्क निर्माण भएको उहाँले बताउनुभयो ।

आधुनिक बसपार्क निर्माणको काम विकास एन्ड ब्रदर्स, जिएससी आत्रेय र श्रीकृष्ण जेभीले गरेका हुन् । बीपी राजमार्ग र निर्माणाधीन मदन भण्डारी राजमार्गको संगम भिमानमा बसपार्कको आवश्यकता थियो । यसको परिपूर्ति गर्न प्रदेश सरकाले बजेटको व्यवस्था गरिदिएको हो ।
कार्यालय प्रमुख घिमिरेका अनुसार आर्थिक बर्ष २०७७/०७८ मा प्रदेश सरकारले एक करोड बजेट उपलब्ध भएकोमा ९८ लाख ९६ हजार २७ रुपैयाँको निर्माण कार्य भएको थियो । आव ०७८/०७९ मा तीन करोड ३० लाख रकम आएकोमा तीन करोड १७ लाख ७२ हजार ४६८ रुपैयाँको निर्माण कार्य गरिएको थियो ।

आव ०७९/०८० मा ३० लाख बजेटको काम भएसँगै निर्माणको सम्पूर्ण कार्य सकिएर बसपार्क सञ्चालनमा आउने छ । उक्त रकमले बसपार्कमा गार्डेन बनाइने, इनार खनेर पानीको व्यवस्था गरिने र २४ सैँ घण्टा बल्न सक्ने क्षमताको सौर्य बत्ति जडान गरिने लगायतका छुटपुट निर्माण कार्य सक्ने योजना रहेको उहाँको भनाई छ ।

यो बसपार्क बीपी र मदन भण्डारी राजमार्गलाई लक्षित गरी बनाइएको हो । कार्यालय प्रमुख घिमिरेले भयो, ‘यहाँ यी ठूला दुई राजमार्गमा तथा स्थानीय सडकमा गुड्ने गाडी पार्किङ गर्न सकिन्छ, यसले कमलामाईको आर्थिक विकासमा पनि टेवा पुग्दछ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?