कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ

Read Time = 1 min

धनगढी । कैलालीमा फरार एक प्रतिवादीलाई कैलाली प्रहरीले मनहेराबाट पक्राउ गरेको छ । जिल्लाको कैलारी गाउँपालिका–१ मछेडाका ४७ वर्षीय कृष्णप्रसाद चौधरी थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७६ फागुन २१ गते जिल्ला अदालत कैलालीबाट जबरजस्ती करणी मुद्दामा एक वर्ष कैद र एक हजार जरिवाना सजाय तोकिएका अभियुक्त चौधरी फरार थिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी सहायक निरीक्षक मदनराज उपाध्यायको कमाण्डमा खटिएको प्रहरी टोलीले फरार चौधरीलाई धनगढी उपमहानगरपालिका–७ मनहेराबाट पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?