गुल्मी । निर्माण सम्पन्न भएर लामो समयदेखि उडान हुन नसकेको रेसुंगा विमानस्थलमा आज (आइतबार)देखि नमुना (डेमोस्ट्रेसन) उडान हुने भएको छ । गुल्मीको रेसुंगा विमानस्थलमा सम्झौता अनुसारका काम सबै सकिए पनि उडान सुनुश्चित नभइरहेको अवस्थामा आजदेखि नमुना उडान हुन लागेको हो । कालोपत्रे र रङरोगनले धावनमार्ग चिटिक्क पारिएको भए पनि उडान हुन भने सकिरहेको थिएन ।
रेसुंगा नगरपालिका-१०, सिमिचौरमा निर्माण गरिएको विमानस्थलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाजले नमुना उडान गर्न लागेको हो । उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुंगा नगरपालिकाको तर्फबाट सम्झौता भएको रेसुंगा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । उहाँले आइतबार बिहान ११ बजे ‘डेमोस्ट्रेसन’ उडान गरिन लागेको बताउनुभयो ।
उक्त जहाज काठमाडौंबाट गुल्मी आइपुग्न ५० मिनेटको समय लाग्ने प्राधिकरणले जनाएको छ । आइतबार डेमोस्ट्रेसन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताउनुभयो ।
जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी र गोकर्णराज विष्ट, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्कीसहित तारा एयर र नेपाल नागरिक उडड्यन प्राधिकरणका अधिकारीसमेत आउने बताइएको छ ।
ज्ञवाली २०६३ सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा विमानस्थलको शिलान्यास गर्नुभएको थियो । शिलान्यासको १४ वर्षपछि धावनमार्ग कालोपत्रे भएको थियो । जग्गा अधिग्रहण र बजेट अभावका कारण सुरुको करिब सात÷आठ वर्ष विमानस्थल निर्माणले गति लिन सकेको थिएन । त्यसपछि २०७२ सालबाट निर्माणको काम नियमित भएपछि विमानस्थलको भौतिक संरचना तयार भएको हो । १५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।
विमानस्थल गुल्मीको सदरकुमाम तम्घासबाट पाँच किलोमिटर दूरीमा रहेको छ । यो विमानको ५२० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग छ । विमानस्थलमा २५ जेठ २०७५ मा तारा एयरको विमानले कच्ची उडान गरेको थियो । रौताह हरिहरि जेभीले सात करोड २५ लाख लगानीमा धावनमार्ग कालोपत्रे गरेको हो । यो विमानस्थलमा १८ सिट क्षमताका साना जहाज मात्र उड्न र अवतरण गर्न सक्छन् । यस्ता जहाजहरू नेपाल एयरलाइन्स, तारा एयर, समिट एयर र सीता एयरसँग रहेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच