म्याड्रिड । स्पेनिस ला लिगामा रियल म्याड्रिड घरेलु टोली भिल्लारियलसँग २-१ ले स्तब्ध बनेको छ । भिल्लारियलको जितमा यारेमी पिनो र जेरार्ड मोरेनोले एक-एक गोल गर्नुभयो । रियलका कीतान करिम बेन्जेमाले एक गोल फर्काउनुभयो ।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफको सुरुमै रियलले गोल बेहोर्यो । यारेमी पिनोले गोल गर्दै भिल्लारियललाई १-० को अग्रता दिलाउनुभयो । भिनिसियसको प्रहार जुआन फोएथको हातमा लागेपछि पाएको पेनाल्टीमा बेन्जेमाले ६०औँ मिनेटमा गोल गर्नुभयो ।
६३औँ मिनेटमा मोरेनाले पेनाल्टीमा गोल गर्दै भिल्लारियललाई २-१ ले जित दिलाउनुभयो । डेभिड अलबाले बल क्लियर गर्ने क्रममा लडेको अवस्थामा हातमा लागेर भिल्लारियलले पाएको पेनाल्टीमा मोरेनोले निर्णायक गोल गर्नुभएको थियो ।
योसँगै रियलले सिजनको दोस्रो हार भोग्यो । रियल यसअघि रायो भालेकानोसँग ३-२ ले पराजित भएको थियो । भिल्लारियलसँग रियल पराजित हुँदा बार्सिलोना शीर्षस्थानमा यथावत् रहेको छ । रियलले जितेको भए उसले एक खेल बढी खेलेको अवस्थामा बार्सिलोनालाई तीन अंकले पछि पार्दै शीर्षस्थानमा उक्लने थियो । तर, रियलले त्यो राम्रो अवसर गुमाएको छ । हराउँदा बार्सिलोनालाई शीर्षस्थानमा कायम राख्न मद्दत पुगेको छ ।
यो हारपछि रियल १६ खेलपछि ३८ अंक जोडेर दोस्रो स्थानमा यथावत् छ । एक खेल कम खेलेको बार्सिलोना समान ३८ अंकका साथ शीर्षस्थानमा छ । बार्सिलोनाले अब आफ्नो खेलमा जित निकालेमा तीन अंकको अग्रता कायम गर्नेछ । रियललाई पराजित गरेको भिल्लारियल भने १६ खेलपछि २७ अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ ।
यस्तै, अर्काे खेलमा क्याडिजले भ्यालेन्सियालाई तथा रियल भालाडोलिडले मलोर्कालाई समान १-० ले पराजित गरेका छन् । यस्तै, इस्पान्योल र जिरोनाले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच