पत्रकारलाई उचित पारिश्रमिक नदिएसम्म पत्रकारिता गुणस्तरीय बन्न सक्दैन : अध्यक्ष खड्का

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 6 mins

पाल्पा । न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले पत्रकारहरुलाई उचित पारिश्रमिक नदिएसम्म पत्रकारिता गुणस्तरीय बन्न नसक्ने बताउनुभएको छ ।

पाल्पाको तानसेनमा आयोजना गरिएको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति विषयक अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मिडियामा कार्यरत पत्रकारहरुले जीवन जीउन सक्ने गरी पारिश्रमिकको व्यवस्था नगर्दासम्म गुणस्तरीय पत्रकारिताको कल्पना समेत गर्न नसकिने बताउनुभएको हो ।

अध्यक्ष खड्काले भन्नुभयो ‘अझै पनि धेरै मिडियाहरुले पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिदा एउटै पत्रकारले धैरे मिडियामा काम गर्नुपर्ने अवस्था छ, त्यस्तो अवस्थामा पत्रकारले दिने कन्टेन गुणस्तर हुन सक्दैन ।’ जबसम्म पत्रकारहरुलाई बाच्न सक्ने किसिमको पारिश्रमिक दिइन्न तबसम्म पत्रकारिता गुणस्तरी बन्न नसक्ने उहाँले बताउनुभयो । उहाँले पत्रकार योग्य खोज्ने तर न्यूनतम पारिश्रमिक नदिने गर्दा पत्रकारिता गुणस्तर हुन नसक्ने र पेशाप्रति नै नयाँ पुस्ताको आकर्षक घट्न सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष खड्काले आफुहरुले पत्रकारका लागि न्यूनतम पारिश्रमिक निर्धारण गर्ने मात्र नभइ लागू गराउन समेत पहल गर्ने प्रष्ट पार्नुभयो । न्यूनतम पारिश्रमिक लागू गर्न पत्रकार महासंघ लगायत पत्रकारसँग सम्बन्धित संघसस्थाहरु एकतावद्ध भएर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

न्यूनतम पारिश्रमिका लागि ऐनहरु बने पनि अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन हुन नसक्नुमा पत्रकारहरुको पनि कमजोरी भएको अध्यक्ष खड्काले बताउनुभयो । उहाँले यस अघिको ऐन संशोधन गरेर पुनः न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकारलाई सिफारिस गर्न लागिए जानकारी गराउनुभयो । अध्यक्ष खड्काले ऐेन कार्यान्वयन र संशोधनका लागि देशभरबाट प्रतिनिधिमूलक रुपमा पत्रकारहरुबाट सुझाव संकलन थालिएको बताउनुभयो । छिट्टै पत्रकारहरुबाट आएका सुझावहरुलाई सरकार समक्ष सिफारिस गरिने उहाँको भनाई छ ।

उहाँले पछिल्लो समय युटुवहरुका कारण नेपाली पत्रकारिता क्षेत्रमा विकृति आएको भन्दै त्यसलाई रोक्न सरकारले कानुन निर्माण गरेर कडाई गर्नुपर्ने बताउनुभयो । अध्यक्ष खड्काले युटुव पत्रकारिता क्षेत्रमा पर्दैन भन्ने कुरा आम जनतालाई सु–सुचित गर्न नसकेका कारण पत्रकारिता क्षेत्र बदनाम हुने अवस्थामा पुगेको प्रति चिन्ता व्यक्त गर्दै त्यसतर्फ पत्रकारहरु समेत सचेत बन्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष झपेन्द्र गहिरेले समानुपातिक विज्ञापन नीति प्रभावकारी ढंगले कार्यान्वयन नहुँदा मिडियाहरु समस्यामा रहेको बताउनुभयो । उहाँले पाल्पाका मिडियाहरुले पारिश्रमिक नदिएको भन्ने कुनै पनि गुनासो नआएको भन्दै समानुपातिक विज्ञापन नीतिमा भने समस्या रहेको बताउनुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले पत्रकारहरु बिचको समस्याले गर्दा न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो । पत्रकार महासंघ पाल्पाका सल्लाहकार कमलराज तिमिल्सिनाले समस्याहरुकै बिचमा मिडियाहरु सञ्चालनमा रहेको बताउनुभयो । कार्यक्रममा नवजनचेतना दैनिकका सम्पादक जगदीश भट्टराईले सबैले न्यूनतम पारिश्रमिक निर्धारण गर्न सकेमा पत्रकारिता गुणस्तरीय बन्न सक्नेमा जोड दिनुभयो । उहाँले आफुहरुले सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरेको बताउनुभयो । सम्पादक भट्टराईले स्थानीय सरकारले स्थानीय विज्ञापन बाहिर पठाउने गरेका कारण समस्या भएको भन्दै स्थानीय विज्ञापन स्थानीय मिडियालाई दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष रेखीराम राना,प्रेस युनियनका जिल्ला सभापति भरत शर्मा,महासंघका सचिव यज्ञमूर्ति तिमिल्सीना, पत्रकारहरु प्रकाश नेपाल, किरण कौसल, देब पचभैया, राजेन्द्र लिगल लगायतले न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउने दिशामा सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो । न्यूनतम पारिश्रमिक निर्धारण समिति काठमाडौंको आयोजना र नेपाल पत्रकार महासंघ पाल्पाको समन्वयमा कार्यक्रम भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?