धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एमालेका राजेन्द्रसिँह रावलले आज दाबी पेस गर्दै हुनुहुन्छ। नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेतासमेत रहनुभएका रावलले सरकारको नेतृत्वका लागि दाबी पेस गर्न लाग्नुभएको हो ।
सुदूरपश्चिममा आज साँझ ५ बजेसम्म सरकारमा दाबी गरिसक्नुपर्ने छ । सुदूपश्चिममा नागरिक उन्मुक्ति पार्टी तानातानको अवस्थामा छ । नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सत्ता गठबन्धनलाई सरकार गठन गर्न कठिन भइरहेको छ ।
सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ । केन्द्रको सहमतिअनुसार यहाँ एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्नेछन् । पहिले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने सहमति छ । ५३ सदस्यीय प्रदेश सभामा सरकार गठन गर्न २७ सांसदको समर्थन चाहिन्छ ।
यहाँ सबैभन्दा ठूलो नेपाली कांग्रेससँग १९ सिट, माओवादी केन्द्रसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७, नेकपा (एकीकृत समाजवादी) का चार, राप्रपाका एक र एकजना स्वतन्त्र सांसद छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच