बागमती प्रदेश हस्तकला संघमा नयाँ नेतृत्व

Read Time = 1 min

काठमाडौं । बागमती प्रदेश हस्तकला संघको तेस्रो वार्षिक साधारणसभा बुधबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारणसभा उद्घाटन गर्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदबिक्रम राणाले बागमती प्रदेशका हस्तकला कलाकारलाई सम्मान गर्दै मौलिक हस्तकलाको प्रवद्र्धनमा लाग्नुपर्ने बताउनुभयो ।

साथै साधारणसभाले नवीन शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । उपाध्यक्षमा कमला सुवेदी, उपाध्यक्ष अबानिस प्रधानांग, महासचिवमा मनमोहन सिंह मल्ल, कोषाध्यक्षमा अनुप मानन्धर, सचिवमा मनिका कायस्थ रहेका छन् । सदस्यमा पार्वती खड्का, मनवीर कामी, बुद्धिमाया घले, मञ्जु लामा, सुनिता योञ्जन रहेको संघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?