काठमाडौं । प्राइम कमर्सियल बैंकको १५औँ वार्षिक साधारणसभा बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको सभापतित्वमा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितिको सिफारिसअनुसार बैंकको चुक्ता पुँजीको ४.९५ प्रतिशतका दरले नगद लाभांश र चुक्ता पुँजीको चार प्रतिशतका दरले बोनस सेयर दिने निर्णय भएको छ ।
चुक्ता पुँजीको चार प्रतिशत बोनस सेयरपछि बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोडभन्दा बढी हुने बैंकले जनाएको छ । सभाबाट संस्थापक सेयरधनीतर्फबाट तीन सञ्चालकमा राजेन्द्रदास श्रेष्ठ, उदयमोहन श्रेष्ठ र नरेन्द्र बज्राचार्य र सर्वसाधारण सेयरधनीतर्फबाट दुई सञ्चालकमा प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित हुनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच