राष्ट्रपति भण्डारी सुनसरी जाँदै

फाईल फाेटाे

हिमालय टाइम्स
Read Time = 1 min

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराहक्षेत्र जाँदै हुनुहुन्छ ।

आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लाग्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उहाँ केहीबेरमा काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराहक्षेत्र पुग्नुहुने र त्यसपछि अन्य धामको दर्शन तथा पूजाका लागि लाग्नुहुने छ । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?