सिन्धुली । सिन्धुलीका स्थानीय तहमा धमाधम अस्पताल निर्माण भइरहेका छन् । नागरिकलाई स्थानीयस्तरमा नै आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल बनाउन थालिएको हो ।
हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरमा १५ शैयाको आधारभुत अस्पताल निर्माण कार्य अगाडी बढेको उपाध्यक्ष चेखबहादुर थिङले जानकारी दिनुभयो । उहाँकाअनुसार बागमती प्रदेश सरकारको रु.२१ करोड ८१ लाख लागतमा निर्माण कार्य सुरु गरिएको छ । २०८१ साल असारसम्म सम्पन्न गर्ने तयारी स्वरुप निर्माण कार्य भइरहेको उहाँले बताउनुभयो ।
आठ वटा वडा रहेको हरिहरपुरगढीमा चार वटा मात्रै स्वास्थ्य चौकी छ । बिकट गाँउमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी नागरिकलाई स्वास्थ्य सेवा दिन आधारभूत स्वास्थ्य संस्था सञ्चालन गर्न लागिएको हो ।
‘अहिले राम्रो उपचार गर्न नागरिकलाई अस्पताल खोज्दै हेटौंडा जानु पर्ने अवस्था छ, पालिकाले आफ्ना नागरिकलाई स्थानीयस्तरमा नै आधारभुत स्वास्थ्य सेवा दिन १५ शैयाको अस्पताल बनाउन सुरु गरेको हो,’ उपाध्यक्ष थिङले भन्नुभयो ।
तीनपाटन गाउँपालिकाले चकमके बजारमा संघिय सरकारको रु.१७ करोड ९१ लखको लागतमा एक बर्षदेखि १५ शैयाको आधारभुत अस्पताल निर्माण गरिरहेको छ । गाउँमा रहेको प्राथामिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गरि भवन बनाउन सुरु गरिएको थियो । अस्पताल भवनको निर्माण कार्य अबको दुई बर्षभित्र सक्ने योजनामा गाउँपालिका रहेको अध्यक्ष कर्णबहादुर थापामगरले सुनाउनुभयो ।
‘गाउँपालिकाले अहिले करारमा एक जना चिकित्सक भर्ना गरी विरामीलाई उपचारको व्यवस्था गरेको । अस्पतालमा एक्स्रे र ईसीजी मेसिन छ,’ उहाँले भन्नुभयो, ‘कम्तिमा प्राथमिक उपचार गाउँमै होस् भन्ने उदेश्यले अस्पताल निर्माण सुरु गरिएको हो ।’
फिक्कल गाउँपालिका–३ चनौटेमा दुई बर्षदेखि १५ शैयाको अस्पताल निर्माणधिन छ । गाउँपालिकाको छ वटै वडामा स्वास्थ्य चौकी मात्रै रहेकाले संघिय सरकारको रु.१० करोड लागतमा अस्पताल निर्माण सुरु गरिएको हो । अब यो बर्षको असारभित्र निर्माण कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य रहेको सूचना अधिकारी नारायणप्रसाद अधिकारीले बताउनुभयो । हालसम्म उक्त गाउँपालिकामा दक्ष चिकित्सकसहितको अस्पताल नहुँदा स्थानीयवासिन्दा भरपर्दो उपचार खोज्दै अन्यत्र जान बाध्य छन् ।
दुधौली नगरपालिका–५ सिर्थौलीमा १५ शैयाको अस्पताल निर्माणधिन छ । अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको दुधौली नगर उपप्रमुख चन्द्रकिशोर थारुले जानकारी दिनुभयो । उहाँका अनुसार फागुनसम्म अस्पतालको भवन निर्माण पूरा गरी हस्तान्तरण गर्ने योजना छ । संघीय सरकारको रु. १६ करोड लागतमा अस्पताल निर्माण कार्य अगाडि बढेको हो ।
नौ वटा स्थानीय तहमध्ये बीपी राजमार्गले छोएको सुनकोसी गाउँपालिकाको खाल्टे र गोलञ्जोर गाउँपालिकाको खुर्कोटमा नीजि अस्पताल सञ्चालनमा छन् । मरिण गाउँपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ ।
सिन्धुलीमा सबैभन्दा ठूलो अस्पताल जिल्ला सदरमुकाम समेत रहेको कमलामाई नगरपालिकामा सिन्धुली अस्पताल छ । घ्याङलेख गाउँपालिका भने अस्पताल विहीन छ । उक्त पालिकाको स्वास्थ्य सेवा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईमा सीमित रहेको स्थानीय बताउँछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच