इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सको उडान सुरु

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 2 mins

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा नेपाल एयरलाइन्सले उडान सुरु गरेको छ ।

एयरलाइन्सले हप्तामा एक पटक उडान गर्ने गरि सहमति गरे अनुरुप आइतबार बाट इलाम काठमाडौ उडान भर्न सुरु गरेको हो । नेपाल एयरलाइन्स 9N-ABU को जहान ७ जना यात्रु लिएर आइतबार बिहान साडे ८ बजे काठमाडौ बाट उडेको करिब एक घण्टामा इलाम अबतरण गरेको थियो । बिमानले इलाम बाट काठमाडौ फर्केर जादा ८ जना यात्रु लिएर गएको छ ।

यस विमानस्थलमा प्रारम्भमा तारा एयरले इलाम नगरपालिकासँगको समन्वयमा उडान गरेको थियो । तर, यात्रु नपाएको भन्दै ताराले केही उडान पस्चात उडान भर्न छोडेको थियो । त्यसपछि इलाममा अहिले सम्म कुनैपनि बिमानले उडान भरेको छैन । आइतबार बाट उडान सुरु गरेको नेपाल एयरलाइन्सको जहाज संचालकका लागि पनि इलाम नगरपालिकाले पहल गरेको हो । इलाममा दार्जिलिङसहित पाँचथर, तेह्रथुम र ताप्लेजुङसम्मका यात्रुले सेवा पाउने भएका कारण नेपाल एयरलाइन्सलाई यहाँ उडान गर्न आह्वान गरिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताउनुभयो । इलाम पर्यटकीय नगरी भएका कारण नियमित उडान राख्दा यात्रु पाउन समस्या नहुने उहाँको भनाई छ ।

उता केही समय संचालन पछि बन्द भएको बिमानस्थलमा पुन जहाज संचालनमा आएपछि स्थानियमा खुसियाली छाएको छ ।

इलाममा ६७० मिटर लम्बाई र २० मिटर चौडाइको पक्की विमानस्थल बनेको छ । तर अझै बिमानस्थलमा तार बेरा, यात्रु प्रतिक्षालय,टाबर निमार्ण सहित बिमानस्थल सम्म पुग्ने पक्कि सडक निमार्ण गर्ने काम बाकि नै रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?