आइएमई लाइफको सेयर रजिष्ट्रार ग्लोबल

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले ग्लोबल आइएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । सेयर रजिष्ट्रारसम्बन्धी सम्झौतापत्रमा ग्लोबल आइएमई क्यापिटलको रजिष्टर्ड कार्यालयमा आइतबार हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गर्नुभएको छ । २०७४ असार २० मा तत्कालीन बिमा समितिबाट जीवन बिमाको कार्य गर्ने इजाजत प्राप्त कम्पनीले २०७४ साउन १ गतेदेखि बिमा व्यवसाय सञ्चालन गर्दै आएको छ । हाल कम्पनीको अधिकृत पुँजी पाँच अर्ब तथा जारी तथा चुक्ता पुँजी चार अर्ब रहेको छ भने नेपालभर एक सय ४० शाखा-उपशाखा कार्यालय रहेका छन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले दुई अर्ब ९८ करोड ५८ लाख कुल बिमा शुल्क आर्जन गरेको छ भने कम्पनीको जगेडा कोषमा एक अर्ब १० करोड पाँच लाख रुपैयाँ सञ्चित रहेको छ । जीवन बिमा कोषमा छ अर्ब सात करोड ७३ लाख रुपैयाँ रहेको छ भने कम्पनीको दीर्घकालीन लगानी तथा कर्जा रकम आठ अर्ब चार करोड ७१ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८ करोड २४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?