पुस १७ गतेदेखि बुद्धका सबै उडान पोखराबाट

फाईल तस्बिर

Read Time = 2 mins

काठमाडौं । बुद्ध एयरले पुस १७ गतेदेखि सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने भएको छ । विमानस्थल १ जनवरीदेखि व्यावसायिकरूपमा सञ्चालनमा आउँदैछ । बुद्ध एयरले नयाँ विमानस्थलबाट उडान हुने भएकाले यात्रुलाई निश्चित समयमा जाँचका लागि अनुरोध गरेको छ । पोखरा विमानस्थलमा आइएफआर प्रविधि पनि जडान गरिएकाले अब कम भिजिबिलिटीमा पनि उडान भर्न सकिनेछ ।

विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन-पुर्‍याउन र्‍याम्प बसको व्यवस्था गरिएको छ । विमानस्थलमा बुद्धका लागि जाँच काउण्टर नम्बर ३, ४ र ५ तोकिएको छ । सामानको तौल तथा सुरक्षा जाँचमा समय लाग्ने हुँदा समयमै यात्रुलाई प्रवेश गर्न बुद्ध एयरले अनुरोध गरेको छ ।

नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने भएकाले पोखराबाट यात्रा गर्ने यात्रुले टिकटमा उल्लेखित समयभन्दा दुई घण्टाअघि विमानस्थल पुगेर जाँच गर्न पनि बुद्धले आग्रह गरेको छ । २३ फेब्रुअरीदेखि रात्रिकालीन उडान र अन्तर्राष्ट्रियतर्फ अनुमति पाएलगत्तै पोखराबाट भारतको वाराणसी पनि उडान भर्ने तयारी गरेको बुद्ध एयरसँग ११ एटिआर-७२, तीन एटिआर-४२ जहाज रहेका छन् भने निकट भविष्यमै थप तीन एटिआर-७२ जहाज भित्र्याउन लागेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?