युरोपेली च्याम्पियनसिपमा युनाइटेडको हार

Read Time = 3 mins

लण्डन । म्यानचेस्टर युनाइटेडले युरोपेली च्याम्पियन्स लिगमा दोस्रो हार बेहोरेको छ । मंगलबार राती भएको खेलमा युनाइटेड गालातासारायसँग तीन-दुईले पराजित भएको हो । गालातासारायको जितमा विलफ्रिड जाहा, केरेम आक्तुरकोग्लु र माउरो इकार्डीले समान एक–एक गोल गर्नुभयो । युनाइटेडका रासमस होइलंडले दुई गोल गर्नुभयो । होइलंडको गोलबाट युनाइटेडले खेलको १७औँ मिनेटमा अग्रता लिएको थियो ।

मार्कस ¥यासफर्डको पासमा उहाँले गोल गर्नुभयो । त्यसको ६ मिनेटपछि जाहाले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । ६७औँ मिनेटमा होइलंडले पुनः व्यक्तिगत दोस्रो गोल गर्दै फेरि अग्रता दिलाउनुभयो । त्यसको चार मिनेटपछि गालातासारायका लागि आक्तुरकोग्लुले बारिस यिलमाजको पासमा गोल गर्दै खेलमा फर्काउनुभयो ।

७७औँ मिनेटमा कासेमिरो दोहोरो पहेंलो कार्ड खाँदै मैदान बाहिँरिँदा युनाइटेड १० खेलाडीमा सीमित भयो । अन्तिममा इकार्डीले नै गोल गर्दै गालातासारायका लागि जित सुनिश्चित गर्नुभयो ।

यस खेलपछि समूह चरणमा युनाइटेड दुवै खेलमा पराजित हुँदै अंकविहीन छ । गालातासारायको दुई खेलमा चार अंक छ ।

यस्तै, सोही समूहमा भएको अर्को खेलमा बायर्न म्युनिखले एफसी कोपनहेगनमाथि पुनरागमन जित हासिल ग¥यो । ५६औँ मिनेटमा लुकास लेरागरले गोल गर्दै कोपनहेगनलाई अग्रता दिलाउनुभएको थियो । तर, ६७औँ र ८३औँ मिनेटमा क्रमशः जमाल मुसियाला र माटियास टेलले गोल गर्दै पुनरागमन जित दर्ता गर्नुभयो । बायर्नको दुई खेलमा छ अंक रहँदा कोपनहेगनको दुई खेलमा एक अंक छ ।

यस्तै, रियल म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको दोस्रो खेलमा नापोलीमाथि कठिन जित निकाल्यो । निकै रोमाञ्चक खेलमा म्याड्रिडले ३-२ को जित हात पारेको हो । म्याड्रिडको जितमा भिनिसियस जुनियर र जुड बेलिंघमले समान एक-एक गोल गर्नुभयो । एक गोल आत्मघाती रहेको थियो । नापोलीका लागि लियो ओस्टीगार्ड र पिटर जिएलिंस्कीले एक-एक गोल गर्नुभयो । जितपछि म्याड्रिडको दुई खेलमा ६ अंक भएको छ । नापोलीको दुई खेलमा तीन अंक छ । ब्रागाको पनि तीन अंक रहेको छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?