साढे १३ लाखको अवैध खसीबोका नियन्त्रणमा

हिमालय टाइम्स
Read Time = 1 min

बुटवल । इलाका प्रहरी कार्यालय बर्दघाटले ९० वटा अवैध खसीबोका नियन्त्रणमा लिएको छ । प्रहरी सहायक निरीक्षक लक्ष्मण रास्कोटीको कमान्डमा खटिएको प्रहरी टोलीले अवैध खसीबोका नियन्त्रणमा लिएको हो ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा१ख २९१६ नम्बरको ट्रक रोकी चेकजाँच गर्दा बिनाकागजपत्र ल्याउँदै गरेको अवस्थामा जिल्ला नवलपरासी बर्दघाट नगरपालिका-६ टिसिएन चोकमा चेकजाँच गर्दा खसीबोकासम्बन्धी कुनै पनि कागजपत्र नभएकोले आवश्यक कारबाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रहरीका अनुसार पशुपंक्षी ओसारपसार गर्दा कुन जिल्ला लैजाने खोल्नुपर्ने र पशु स्वस्थ छ, छैन भन्ने बारे क्वारेन्टाइनमा चेकजाँच गर्नुपर्ने काम नभएकाले खसीबोका नियन्त्रणमा लिएको हो । एउटा बोकाको मूल्य १५ हजारको दरले १३ लाख ५० हजार बराबरको खसीबोका नियन्त्रणमा लिइ भन्सारमा पठाइएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?