आज बाला चतुर्दशी/शतबीज छर्ने दिन

Read Time = 2 mins

काठमाडौं । आज बाला चतुर्दशी पर्व । दिवंगत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै आज बिहान सदबीज छरिँदै छ । बाला चतुर्दशीका दिन काठमाडौंको पाशुपत क्षेत्रको मृगस्थली, चितवनको देवघाटधामलगायत देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा सतबीज छर्ने गरिन्छ । सदबीजमा धान, गहुँ, जौ, हलेदो, सक्खर खण्डलगायत चीजबिज छर्ने परम्परा छ ।

पितृको नाममा रातभर बत्ती बालेर जाग्राम बस्नुका साथै बिहान स्नान गरेर सदबीज छरेपछि पितृको उद्धार हुने र आफूलाई पनि फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण त्रयोदशीको बेलुकीदेखि पशुपति क्षेत्रमा यो मेला लाग्ने गर्छ । यसका लागि लाखौँ भक्तजन पशुपति क्षेत्रमा आउने गर्छन् । पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा पर्याप्त मात्रामा धारा र शौचालयको व्यवस्था गरेको जनाएको छ । पशुपति क्षेत्रका भष्मेश्वर, बोडेपाटी, बाहिरी पश्चिम ढोकाअघि र राममन्दिरमा धुनी जगाउने व्यवस्था गरिएको छ । टेण्डर नभएर रोकिएको सबै दरबन्दी अनुसारको विशेष पूजा आइतबारदेखि गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो ।

यसअघि टेण्डर नभएको समयमा दुई हजार एक सय र तीन हजार एक सय रुपैयाँको मात्र विशेष पूजा भएको थियो । पशुपतिनाथमा २५ लाखसम्म रसिद काटेर विशेष पूजा गर्ने व्यवस्था छ । ती सबै दरबन्दी अनुसारका पूजा आइतबारदेखि फेरि सुरु गरिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?