एकहप्ते निःशुल्क बाथरोग शिविर सुरु

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । ज्येष्ठ प्राध्यापक समाजले बद्री-तीर्थ आरथ्राइटिस समाज तथा नेशनल बाथरोग सेन्टरसँगको सहकार्यमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान(नाष्ट)का पूर्वउपकुलपति प्राडा रत्नशमशेर जबरालाई सम्मान गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमबीच प्राडा जबरालाई ‘तीर्थानन्द वैद्य लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरेको हो । सम्मानसाथ २५ हजार नगद राशि पनि प्रदान गरिएको छ ।

सो अवसरमा बाथरोग जागरण अभियानको उद्घाटन तथा प्राडा जबराको सम्मान गर्दै काठमाडौं महानगरपालिका-९ का अध्यक्ष रामजी भण्डारीले वडाबाट स्वास्थ्य क्षेत्रमा सकेसम्मको सहयोग गर्ने बताउनुभयो । समाजका अध्यक्ष डा. विमलकुमार शर्माले प्राडा राणाको क्रियाशीलताको चर्चा गर्नुभयो ।

सम्मानित व्यक्तित्व प्राडा जबराले सम्मानले आफूमा ऊर्जा थपिएको बताउनुभयो । उहाँले सम्मान नगद राशि समाजको अक्षयकोषमा जम्मा हुने गरी समाजका अध्यक्षलाई हस्तान्तरण गर्नुभएको छ । सोही अवसरमा बद्रीतीर्थ आरथ्राइटिस समाज र नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा बाथरोग जागरण अभियान सुरु गरिएको छ । एक हप्तासम्म रातोपुलस्थित सेन्टरमा बाथरोगसम्बन्धी निःशुल्क शिविर सञ्चालन हुने आयोजकले जनाएको छ ।

उद्घाटन कार्यक्रममा नशारोग विशेषज्ञ डा. दीपेश शाक्यले बाथरोग जटिल किसिमको रोग भएको र नशासँग पनि जोडिने भएकाले हेलचेक्र्याइँ नगर्न सचेत गराउनुभयो । नेशनल बाथरोग सेन्टरका अध्यक्ष डा. विनित वैद्यले पनि हरेक क्षेत्रका व्यक्तिले बाथरोगप्रति सचेत हुनुपर्ने बताउनुभयो । सेन्टरका कार्यकारी निर्देशक रोशन कक्षपतीले बाथरोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम आवश्यक रहेकाले आफूहरूले जागरण अभियानसँगै निःशुल्क बाथरोग शिविर आयोजना गर्दै आएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?