काँग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिको रूपमा आउँछ : विश्वप्रकाश शर्मा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसद्वारा प्रस्तावित व्यक्ति राष्ट्रपति बन्ने दाबी गर्नुभएको छ ।

बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘राष्ट्रपति नेपाली कांग्रेसले प्रस्ताव गरे बमोजिमको व्यक्ति बनुहुनेछ ।’
प्रचण्डले यस विषयमा सकारात्मक जवाफ दिनु भएको हो भनि पत्रकारले प्रश्न गर्दा उहाँले ‘अहिलेलाई यति मात्र कुरा गरौं, यसमा धेरै टिप्पणी गर्नु उचित हुँदैन । भन्नुभयो ।
अहिले सभामुखको चरणमा रहेको र यो सकिएपछि जव राष्ट्रपतिको चरण आउँछ त्यो बेला शीतल निवासमा कांग्रेसले प्रस्ताव गरेको व्यक्तित्व आउने उहाँले दोहोर्याउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?