आजको मौमस : सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षाको सम्भावना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारीगर्दै हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको उल्लेख गरेको छ । जसको प्रभावले पहाडी भूभागका आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णालीलगायत पहाडी भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको आकलन गरिएको छ । राति सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको प्रक्षेपण गरिएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको तथा तराईका भू-भागहरूमा बिहानीपख हुस्सु/कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाल अनुरोध गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?