चितवन । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा ‘नेपालमा औषधि उद्योगको विकास तथा दिगोपनको संवाहक’ भन्ने मूल नाराका साथ यही २५ गतेबाट सुरु भएको नवौँ फर्मा एक्स्पा-२०२४ को समापन भएको हो । चितवन एक्स्पो सेन्टर भरतपुरमा शुक्रबारदेखि सुरु भएको थियो । एक्स्पोमा १६० वटा स्टल रहेका थिए ।
एक्स्पोमा नेपाल, भारत, सिंगापुर, बंगलादेश, अमेरिका, जर्मन, चीनलगायत नौ देशले उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब, कच्चा पदार्थ र नेपाली उद्योगले बनाएका औषधिका स्टलसमेत राखिएका थिए । साथै, उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि देखाइएको थियो । नेपाली औषधि उद्योगको विकास र प्रवद्र्धन गर्नका साथै निर्यात गर्न योग्य नेपालका औषधि उद्योगमा प्रयोग भइरहेका प्रविधि, उपकरण, विधि, पद्धतिका बारेमा जानकारी गराउने उद्देश्यले फर्मा एक्स्पो आयोजना गरेको संघले जनाएको छ ।
नेपाली जनताले औषधि कसरी बन्दछ, औषधिको गुणस्तरण कस्तो छ भन्ने कुरा जान्न र आफ्नो देशको उद्योगबाट उत्पादन भएका औषधि अन्तर्राष्ट्रिय मापदण्डको प्रयोग कसरी गरिएको छ भन्ने कुरा एक्स्पोबाट जानकारी दिएको संघको दाबी छ । नेपालका अग्रणी उद्योग नेशनल हेल्थ केयर, लोमस फर्मास्युटिकल, आदि रिमेडिज, इनोभेटिभ फर्मा, ओम फर्मास्युटिकल, क्यूबीडी जस्ता कम्पनीले सहभागिता जनाएका छैनन् । अपोनका एक कार्यकारी सदस्यले पनि आफ्नो कम्पनीले स्टल नराखेको कारण आफैंले बुझ्न नसकेको बताउनुभयो । यस विषयमा अन्य कुरा गर्दा उहाँ आफैं अनविज्ञ भए आफ्नै कम्पनीको उत्पादन नभएपछि यस विषयमा बोल्नु वा जानकारी दिनु मेरो कुनै विषय नरहेको भन्दै बताउन चाहनु भएन । वर्तमान परिपेक्षमा नेपाली औषधि उद्योग अति अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको अवस्थामा एक्स्पोमा सहभागी नहुनु दुःखको विषय भएको उहाँ बुझाई छ ।
नेपाली औषधिको निराशाजनक सहभागिताले उत्साहामा बिराम लगाएको छ । प्रायः सबै व्यवसाय धरापमा रहेका बेला भएका उद्योगले सहभागिता नहुनु सो क्षेत्रको लज्जाको विषय बनेको अपोनका एक कार्यकारी सदस्य बताउनु हुन्छ । यो एक्स्पो एउटा औषधि उद्योगलाई चाहिने विभिन्न वस्तुहरूको खरिद–बिक्री गर्ने थलोजस्तोमात्र देखिएको औषधि व्यवसायी उमेश रौनियारको बुझाई छ । उहाँ भन्नु हुन्छ, ‘सहभागी जनाउने नेपाली केही औषधि उद्योगहरूले पनि विशेषतः आफ्नो उत्पादनहरूको प्रचारप्रसार गरेको जस्तोमात्रै देखिन्छ ।’ भविष्यमा यस्तो एक्स्पो आयोजना गर्दा नेपाली उद्योगले गरेको प्राविधिक, फर्मुलेशनको विकासको एवं औषधिको प्रभावकारिताको बिरामी एवं स्वस्थ मान्छेमा गरेको अध्ययनको प्रदर्शन गर्दा औषधि लेखने डाक्टरलाई, औषधि प्रयोग गर्ने बिरामीलाई एवं औषधि बेच्ने केमिस्टको नेपाली औषधिप्रति विश्वास बढ्ने उहाँको बुझाई छ ।
नेपाली औषधि बजारको वास्तविक इतिहास वीर अस्पतालको स्थापनासँगै सुरु भएको थियो । नेपाल फार्मास्युटिकल्सले गोदावरीमा पहिलो एलोपैथिक प्लान्ट स्थापना गर्यो तर त्यो सफल हुन सकेन । निजी क्षेत्रको प्रवेश विसं २०२६ मा केमिड्रग उद्योगको स्थापनासँगै भयो र यसलाई पछ्याउँदै रोयल ड्रग लिमिटेडले विसं. २०२९ मा सरकारी उद्योगको रूपमा सञ्चालन सुरु गर्यो, तर २०३८ को बीच ठूलो अन्तर देखियो । अन्त्यतः विसं २०३८-२०४२ बीच मनोज, एभरेष्ट, लोमस र नेपाल फार्मास्युटिकल्स जस्ता उद्योगहरूको स्थापना भएको थियो । नेपालमा औषधिको नियमन गर्ने पहिलो कानुनी व्यवस्था औषधि ऐन, विसं २०३५ मा मात्र लागू भयो ।
२०४६ पछि निजी औषधि उद्योगहरूको स्थापना र विस्तार कार्यमा उत्साहजनक प्रगति भएको देखिन्छ, तर ती उद्योगबाट आशातित औषधिको भने उत्पादन हुन सकेको देखिँदैन । बन्द रहेका उद्योगहरूलाई संभाव्यताका आधारमा सरकारी र निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्ने व्यवस्था प्रत्येक बजेटमा भन्ने गरिएको छ सो भनाइ व्यवहारमा कतै छैन बोलिमा कहिल्यै छुट्दैन ।
एक्स्पोको अर्को उद्देश्य सरकारलाई नेपाली औषधि उद्योगले कस्ता प्रविधि, उपकरण, कच्चापदार्थ प्रयोग गरेर औषधि उत्पादन गर्दछन् भनेर जानकारी दिनु नै संघको मुख्य धेय रहेको छ । विश्वस्तरीय मान्यताप्राप्त विश्व स्वास्थ्य संगठनको जीएमपी मापदण्डमा नेपालका औषधि उत्पादन र प्रयोग भएको जानकारी दिनु एक्स्पोको दाबी छ । औषधि उद्योगीहरू कोभिड–१९ महामारी लगत्तैदेशको अर्थतन्त्रमा देखिएको संकट र सरकारले उद्योगीहरूका लागि लिएको गलत नीतिका कारण कारोबार घट्दै गएको संघले जनाएको छ ।
आर्थिक वर्ष २०७८/०७९ नेपालमा नेपाली उद्योगीहरूको झण्डै ३४ अर्ब रूपैयाँको औषधिको कारोबार भएको थियो । तर, आव २०७९/०८० मा २९ अर्ब ३६ करोडमात्र कारोबार भएको संघको भनाई छ । सरकारले स्वदेशी उद्योगले उत्पादन गरेका औषधि खरिद गर्नलाई छुट्टै मापदण्ड नबाइदिने हो भने औषधि उत्पादनको आकार आगामी दिनमा अझै घट्दै जाने संघले जनाएको छ । संघले सरकारी तवरबाट खरिद गर्ने औषधि दश, स्वदेशी उद्योगले उत्पादन गरेको छ भने त्यस्तो उत्पादन स्वदेशी उद्योगको उत्पादनमात्रै खरिद गर्ने नीति बनाउन सरकारलाई आग्रह पनि गरेको छ । उत्पादनमा प्रयोग गर्ने उपकरण, ल्याब, कच्चा पदार्थर नेपाली औषधि उद्योगले बनाएको औषधिको स्टल पनि राखिएको छ । साथै, उत्पादन गर्न प्रयोगमा ल्याइएका नयाँ प्रविधिलाई पनि एक्स्पोमा राखिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच