काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताउनुभएको छ ।
बिहीवार प्रतिनिधि सभाको बैठकमा न्यौपानेको पक्षमा पार्टी रहने भन्दै समर्थनमा उहाँले न्यौपानेलाई सबै दलहरुले मत दिएर जिताउनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले झैँ काँग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्ने बताउनु भयो । उहाँले संसदले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सभामुख पदका उम्मेदवार प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपाने सभामुखको लागि सक्षम, योग्य हुनुहुन्छ । हामीले उहाँलाई समर्थन गर्नेछौँ । अब यो सभाले आफ्नो नेता पाउनेछ । आफ्नो नेता चयन गर्दा मान्य सदस्यहरुलाई दलीय आग्रह भन्दा माथि उठेर सक्षम नेतृत्व चयन गर्नुहुनेछ । उहाँले राम्रो र सशक्त भुमिका निर्वाह गर्नुभएको छ, सभामुख पदका लागि ईश्वरीजी सबैभन्दा योग्य व्यक्ति हुनुहुन्छ । साँच्चिकै राष्ट्रय सहमतिमा लैजाने हो भने उहाँले प्रधानमन्त्रीले जस्तै विश्वासको मत पाउनुहुनेछ । कमसेकम प्रधानमन्त्रीको पार्टीले भनेपनि मत दिनेछ । सभामुख महिला किन नबनाउने भन्ने कुरालाई सोच्नुपर्छ ।’
राष्ट्रिय सहमतिको हिसावले जाने हो भने उम्मेवार न्यौपानेलाई जिताउनुपर्ने र प्रधानमन्त्रीको पार्टीले अवश्य नै न्यौपानेलाई मत हाल्ने विश्वास लिएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच