उपसभामुखमा सत्तारुढ गठबन्धनबाट इन्दिरा राना मगरको उम्मेदवारी दर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएकाे छ ।

उहाँको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहनुभएकाे छ । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ ।

शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तााव पेस हुँदै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?