अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक छः अर्थमन्त्री पौडेल

फाईल तस्बिर

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाण्डौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रलाई सुधार गर्ने अभियानमा सरकारलाई सरोकारवाला सबै निकायको साथ आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार कृषि विकास बैंकको ५६ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आर्थिक दृष्टिकोणले खडा भएको चुनौतिको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई सुधार गर्ने अभियानमा सबैको साथ आवश्यक रहेको बताउनुभएको हो । उहाँले अर्थमन्त्रालय मुलुकको चुनौतिपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन, आर्थिक मितव्ययिता, खर्च कटौती, सुविधा कटौती गर्ने अवस्थामा रहेको बताउनु भयो ।

अर्थमन्त्री पौडेलले बजेटको मध्यावधिक समिक्षा गर्ने बेलामा समेत राजश्व संकलनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको स्वीकार गर्नुभयो । उहाँले गत आर्थिक वर्षमा यही समयमा भएको राजश्व संकलन बराबरको समेत हुन नसकेको बताउनु भयो । उहाँले मुलुकले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या रहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले साधारण खर्च लिमिट भन्दा माथि भएको भन्दै पुँजीगत खर्च १५ प्रतिशतको हाराहारीमा मात्रै रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ अहिले अर्थमन्त्रीको हैसियतमा मितव्ययिता,खर्च कटौती,सुविधा कटौतीका निम्ति सिंगो राष्ट्रलाई आग्रह गर्नुपर्ने ठाउँमा छु । हामी सबैलाई थाहा छ मुलुकको आर्थिक सामथ्र्य कहाँ आइपुगेको छ । मुलुकको आम्दानी र खर्च कस्तो रहेको छ । खर्च गर्ने मुलुकको सामथ्र्य कहाँ छ । आजका मितिसम्म आइपुग्दा पनि राजश्व परिचालनमा चालु आर्थिक वर्षको लक्ष्य भेटाउन नसकेको मात्रै होइन । गत वर्ष यही समयमा जति राजश्व परिचालन गरेका थियौं । त्यो भन्दा पनि पछाडि छौं । राजश्व परिचालनको अवस्था यस्तो छ । मुलुकले अन्तर्राष्ट्रिय सहयोग अनुदान तथा ऋण परिचालनमा समेत समस्या रहेका छन् । खर्चको सामथ्र्यको कुरा गर्दा साधरण खर्च लिमिट भन्दा माथि छ । पुँजीगत खर्च १५ प्रतिशतको हाराहारीमा आइपुगेका छौं । जब हामी बजेटको मध्यावधिक समिक्षा गर्ने बिन्दुमा आइपुगेका छौं । मुलुकको आर्थिक अवस्था यस्तो रहेको छ । त्यसले गर्दा यो सबै आर्थिक दृष्टिकोणले जुन किसिमको चुनौति खडा भएको छ । चुनौतिको सामना गर्दै मुलुकको आर्थिक अवस्था र सामथ्र्यलाई राम्रो बनाउने अभियानमा सबैको साथ सरकारलाई आवश्यक भएको छ । त्यस अर्थमा खर्च कटौतीका निम्ति,मितव्यीताका निमित्त कृषि विकास बैंकको व्यवस्थापनको समेत समर्थनको लागि आग्रह गर्दछु ।’

उहाँले बजेटको मध्यावधिक समिक्षा गर्ने बिन्दुमा आइपुग्दा समेत १५ प्रतिशत मात्रै पुँजीगत खर्च हुनु अर्थतन्त्र सुधारको लागि चुनौति देखिएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएको चुनौतिलाई सुधार गर्नको लागि खर्च कटौतीका निम्ति, मितव्ययिताका निमित कृषि विकास बैंकको व्यवस्थापनको समेत साथ पाउने विश्वास व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?